बाढी पीडितलाई अख्तियार पदाधिकारीहरुको तलब, कर्मचारीले पनि गच्छेअनुसार दिँदै

बाढी पीडितलाई अख्तियार पदाधिकारीहरुको तलब, कर्मचारीले पनि गच्छेअनुसार दिँदै

बाढीपहिरो प्रभावितका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीहरुले पनि आफ्नो तलबको केही अंश प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । 

आयोगले पदाधिकारी तथा कर्मचारीले आफ्नो तलब काटेर बाढीपीडितलाई दिने निर्णय गरेको छ । जसअनुसार प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्त किशारकुमार सिलवाल, जयबहादुर चन्द, हरिप्रसाद पौडेल र सुमित्रा श्रेष्ठले सात दिनको तलब कोषमा जम्मा गर्ने छन् । 

त्यस्तै, सचिवको पाँच, सहसचिव र उपसचिवस्तरका कर्मचारीको तीन, शाखा अधिकृत वा सोसरहका कर्मचारीको दुई र अन्य कर्मचारीको एक दिनको तलब बराबरको रकम उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

टिप्पणीहरू