बाढी पहिरोमा मृतक संख्या बढ्दै

बाढी पहिरोमा मृतक संख्या बढ्दै फाइल फाेटाे

अविरल वर्षाका कारण गत शुक्रबार र शनिबार आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या करिब साढे दुई सय पुगेको छ । 

नेपाल प्रहरीका अनुसार बाढीपहिरोमा परेर हालसम्म दुई सय ४१ जनाले ज्यान गुमाएका छन् । 

गत बिहीबारदेखि परेको अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या बढ्दो छ । सबैभन्दा धेरै जनधनको क्षति काभ्रेपलाञ्चोक जिल्लामा भएको बताइन्छ ।

टिप्पणीहरू