सुनसहित विमानस्थलबाट दुई भाइ समातिए

सुनसहित विमानस्थलबाट दुई भाइ समातिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना समातिएका छन् । आज बिहान छुट्टाछुट्टै उडानबाट काठमाडौँ उत्रिएका उनीहरुले अवैध सुन ल्याएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

विमानस्थल प्रहरीका अनुसार कतारबाट आएका केशव दाहाल र गोविन्दबहादुर पुरी पक्राउ परेका हुन् । दाहाल कतार एयरवेजको उडान नम्बर ६४८ र पुरी हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९३६४ बाट काठमाडौं आएको बताइएको छ । 

०८९९७९७३ नम्बरको राहदानी वाहक मोरङ घर भएका दाहालको गतिविधि शंकास्पद देखिएपछि भन्सार क्षेत्रबाट खटिएको सुरक्षा टोलीले चेकजाँच गरेको थियो । सो क्रममा उनले लगाएको कपडामा बटनजस्तो आकार बनाई लुकाईछिपाई राखिएको अवस्थामा दुई सय ग्राम काँचो सुन बरामद गरेको प्रहरीले जनाएको छ । 

त्यसैगरी, पासपोर्ट नम्बर ०९११२२९१ भएका पुरीले पनि उस्तै प्रकृति र परिमाणमा सुन ल्याएको प्रहरीले जानकारी दिएको छ। 

दुवै जनासँलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । उनीहरुमाथि आइतबार चोरी निकासी पैठारीअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।
 

टिप्पणीहरू