विराटनगर भन्सारमा ढुंगामुढा, आधा दर्जन सेल टियर ग्यास

विराटनगर भन्सारमा ढुंगामुढा, आधा दर्जन सेल टियर ग्यास

प्रहरीले विराटनगर भन्सार कार्यालय परिसरमा सात सेल अश्रु ग्यास प्रहार गरेको छ । स्थानीयले प्रहार गरेको ढुंगामुढा नियन्त्रण गर्न टियर ग्यास प्रहार  गरिएको बताइएको छ ।

हिजो साँझ ना.४ ख २४८३ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले भन्सारमा आक्रमण गरेका हुन् । 

ठक्करपछि घाइते भएका श्याम साहलाई विराट नर्सिङ होममा पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेपछि आज भन्सार कार्यालयमा ढुङ्गामुढा भएको हो । 

प्रहरीले हिजो राति नर्सिङ होममा आक्रमणको प्रयास गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्त, जनप्रतिनिधि, ट्रक मालिक र प्रशासनबीच वार्ताको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू