गभर्नर बन्ने योग्यता बिरयानी बनाउने सीप हो र !

गभर्नर बन्ने योग्यता बिरयानी बनाउने सीप हो र !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २३ गते सकिँदैछ । अधिकारीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि नियुक्त गरेको थियो । 

उक्त पदमा धेरै जनाले आँखा लगाएका छन् । कानुनतः बहालरत गभर्नरलाई पुनः दोहोर्याउन सकिन्छ । तर,अधिकारी स्वयम् दोहोरिन नचाहेको उनी निकटस्थहरु बताउँछन् । विगतमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री माओवादी नेता जनार्दन शर्माको कोपभाजनमा परेपछि अधिकारीको गभर्नरमा दोहोरिने इच्छा मरेको हो ।

बैंक ऐनबमोजिम रिक्त गभर्नरमा पदपूर्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने सिफारिस समितिले डेपुटी गभर्नर एकसहित तीन जनाको नाम क्याबिनेटमा सिफारिस गर्नुपर्ने हुन्छ ।  केही महिनादेखि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले आफूलाई गभर्नरको दाबी गर्दै आएकी छन् । उनले व्यक्तिगत वेवसाइट सार्वजनिक गर्दै एमालेसङ्ग निकटता देखाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँगका फोटोहरु सेयर गरेकी छन् ।

पेशाले इञ्जिनियर र शौखले बिरयानी कुक रहेका भट्टको गभर्नर बन्ने इच्छा पनि अचम्मैको देखिन्छ ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट हालै अवकाशप्राप्त सुशील भट्टले पनि राष्ट्र बैंकको गभर्नर ताकेको धेरैको अनुमान छ । चर्चित बिचौलिया दिपक भट्टका सहोदर दाजु सुशीललाई त्यहाँ लैजान वित्तीय क्षेत्रका खुँखार बिचौलियाहरुको तयारी शुरु भइसकेको छ । सुशील स्वयमले यसअघि बोर्डको कार्यकारी रहेका अधिकारी गभर्नरमा नियुक्त भएको नजिर तेर्साउँदै बालुवाटार,खुमलटार र बूढानीलकण्ठ धाएको बताउनेहरु थुप्रै छन् । 

उनै तिम्सिना र भट्टले एउटा आर्थिक अनलाइनसँगको कुराकानीमा आफूहरु बिरयानी बनाउन सिपालु भएको बताएका छन् । दशैंको बिदा र खानपिनबारे बोल्दा उनीहरुले मौद्रिक पक्षवारे भने थोपै केलाएका छैनन् । पेशाले इञ्जिनियर र शौखले बिरयानी कुक रहेका भट्टको गभर्नर बन्ने इच्छा पनि अचम्मैको देखिन्छ ।

टिप्पणीहरू