दशैँको दक्षिणामा नगद प्रयोग नगर्न सल्लाह

दशैँको दक्षिणामा नगद प्रयोग नगर्न सल्लाह

नेपाल राष्ट्र बैंकले दशैंको दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।

जल, चन्दन, अक्षता र अबिरले नोट बिग्रिने उल्लेख गर्दै केन्द्रीय बैंकले सम्भव भएसम्म डिजिटल माध्यमबाट दक्षिण दिन सुझाएको हो । आज सूचना जारी गर्दै बैंकले नोट प्रयोग गर्नैपरेमा होसियारी अप्नाउन पनि भनेको छ ।

‘दशैंमा देवीको प्रसादको रुपमा टीका, जमरासँगै दक्षिणाको लागि बैंक नोट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्नेगरी होसियारीपूर्वक प्रयोग गर्नुहुन नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ’,सूचनामा उल्लेख छ । 

राष्ट्र बैंकले हिन्दू धर्मावलम्बीको महान् चाड दशैंको उपलक्ष्यमा हरेक वर्ष नयाँ नोट छाप्ने गर्दछ । तर, यसपालि भने पुरानैबाट सुकिलो नोट छानेर बाँडेको छ ।

दशैँमा प्रयोग हुने नोटमा अबिर, केशरी दलिएर कामै नलाग्ने हुने भएकाले हरेक वर्ष राज्यलाई करोडौँ नोक्सान हुने गरेको छ । त्यसैले राष्ट्र बैंकले पटक-पटक नोटको सुरक्षा गर्न आग्रह गर्ने गरेको छ ।

टिप्पणीहरू