विनोद चौधरीको दशैं फिलिपिन्सको समुन्द्री किनारमा

विनोद चौधरीको दशैं फिलिपिन्सको समुन्द्री किनारमा

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी गएराति घर फर्केका छन् । उनी दशैं बिदा मनाउन सपरिवार फिलिपिन्स गएका थिए । 

असोज २० गते राति सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा सिंगापुर हुँदै फिलिपिन्स गएका उनी सोही एअरलाइन्सको उडान नम्बर ४४२ बाट गएराति १० बजे काठमाडौं आएका हुन् । उता जानुअघि उनले यो वर्षको दशैंबिदा सपरिवार फिलिपिन्सको समुन्द्री किनारमा बिताउने बताएका थिए । यहाँ चौधरी ग्रुपले वेलनेस रिसोर्ट सञ्चालन गरेको छ ।

 

टिप्पणीहरू