पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो, ग्याससँगै डिजेल र मट्तिेल यथावत

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो, ग्याससँगै डिजेल र मट्तिेल यथावत
सुन्नुहोस्

नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ डलरले बढाइएको जनाएको छ। 

नयाँ मूल्य अनुसार आजदेखि झापाको चारआली, विराटनगर, जनकपुर, पर्साको अमलेखगञ्ज, रुपन्देहीको भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङमा एक सय ५९ रुपैयाँ र काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १६० रुपैयाँ कायम भएको जनाइएको छ ।

त्यस्तै हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १५ डलरले बढेको छ । भैरहवा र पोखरा विमानस्थलमा ‘ब्रेक इभन पोइन्ट’ अर्थात् नाफा नजोडिएको मूल्यमा बिक्री गरिने उल्लेख छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।

टिप्पणीहरू