सभामुखको गाउँमा कुमारी विजयी

सभामुखको गाउँमा कुमारी विजयी

-कमल भट्टराई

ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचामा नेकपा एमालेले आफ्नो पुरानो शाखलाई यस उपनिर्वाचनबाट फिर्ता लिएको मात्र छैन सभामुख देवराज घिमिरेलाई समेत मेरो जन्म तथा कर्म गाउँ भन्न पाउने गरी शिर उच्च बनाईदिएको छ । विश्लेषकहरुको पूर्वानुमान अनुसार नै चुनाव परिणाम पनि आएको छ । नेकपा एमालेका कुमारी सावादेनले ५ सय ५३ मत ल्याएर विजयी भएका छन् । 

निकटतम माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका भीम कुमार लक्सम्बाले २१८ मत प्राप्त गर्दा संघीय लोकतान्त्रिक राष्टिय मंचका राजेन्द्र लिम्बूले ५४ मत प्राप्त गरे यता राष्टिय स्वतन्त्र पार्टी घण्टी चिन्हका देवी प्रसाद पौडेलले भने ७ मत प्राप्त गर्नुभएको छ । जम्मा ८ सय ९२ मत खसेकोमा ८ सय ८३ मत सदर भएर बाँकी ९ मत बदर भएको छ । यस अघिको निर्वाचनमा पराजयी कुमारी सावादेन विजयी भएपछि २०४९ साल देखिको एमालेको बर्चश्व उसले उपनिर्वाचनबाट पुन फिर्ता लिएको छ ।
 

टिप्पणीहरू