३७ ठाउँको मतगणना सम्पन्न : कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो
स्थानीय तहका विभिन्न रिक्त ४२ पदका लागि भएको उपनिर्वाचनको मतगणना उत्तरार्द्धतिर पुगेको छ । अहिलेसम्म ३७ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
जसअनुसार नेपाली कांग्रेसले १६ वटा वडामा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नगरपालिका मेयर एक-एकसहित ६ वटा वडामा जित हात पारेको छ ।
नेकपा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एक-एकसहित पाँच वटा वडा जितेको छ ।
कांग्रेसले जितेका स्थान :
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका–८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका–६ सुनसरी
समसे आलम, राजपुर नगरपालिका–६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका–१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका–४
अर्जुनप्रसाद तिवारी, हेटौंडा–१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट–१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका–४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका–४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका–७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका–५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सुर्मा गाउँपालिका–४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका–६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका–५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका–६ कञ्चनपुर
माओवादी केन्द्रले जितेका स्थान :
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका–१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका–१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका–२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका–५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा–२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पा
एमालेले जितेका स्थान :
कुमारी सावादेन, सिरिजंघा–३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका–२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका–१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका–१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा
टिप्पणीहरू