रविको राहदानी मुद्दा न्यायाधीश फुयाँल र निरौलाको इजलासमा

रविको राहदानी मुद्दा न्यायाधीश फुयाँल र निरौलाको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट पेशी चढेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाईका लागि पेशी तोकिएको हो । तर, सूचीको अन्तिमतिर परेकाले निवेदनउपर आज सुनुवाई हुने सम्भावना न्यून छ । 

तत्कालिन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते राहदानी दुरुपयोगमा लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए । ०७९ चैत २० गते दायर भएको रिट निवेदन पटक-पटक सर्दै आएको छ । 

लामिछानले दोहोरो नागरिकता प्रयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट हालेका हुन् ।
 

टिप्पणीहरू