कर्णालीद्वारा जनकपुरलाई १४२ रनको लक्ष्य, जम्न सकेनन् भारतीय खेलाडी
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णाली याक्सले अन्तिम दुई ओभरमा ४३ रन जोड्दै जनकपुरलाई दबाबमा पारेको थियो ।
एनपिएलको मुख्य आकर्षण मानिएका भारतीय क्रिकेटर शिखर धवनले भने खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनी १५ रनमै आउट भएका थिए । कर्णालीबाट गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २७ बलमा ३६ रन जोडेका हुन् ।
खेल त्रिभुवन विश्वविद्यालय मैदानमा जारी छ । यसअघिको खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
टिप्पणीहरू