जाजरकोटको नलगाडमा माओवादी विजयी
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । चार हजार २७० मत प्राप्त गर्दै माओवादीका उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी हुन् ।
उनकी प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी इन्द्रा सिंहले तीन हजार २९२ मत प्राप्त गरेकी छिन् । जम्मा १० हजार ५५४ मत खसेकोमा नेकपा एमालेले दुई हजार ५४१, राष्ट्रिय स्वतन्त्र पार्टीले १७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७, नेपाल समाजवादी पार्टीले १५ मत पाएको छ ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकी सरिता सिंह उपमेयरमा विजयी भएकी थिइन् ।
टिप्पणीहरू