रास्वपाको काठमाडौं १६ बाहेक अन्यत्र जमानत जफत, पूर्व पञ्चहरुको हालत पनि उस्तै

रास्वपाको काठमाडौं १६ बाहेक अन्यत्र जमानत जफत, पूर्व पञ्चहरुको हालत पनि उस्तै
सुन्नुहोस्

स्थानीय तहको उपनिर्वाचनमा आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र व्यवस्था विरोधी शक्तिका रुपमा उभ्याउँदै आएका पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कुनै प्रभाव देखिएको छैन । विभिन्न कारणले रिक्त रहेका ४४ पदमा भएको उपनिर्वाचनमा यी दुई दलले जमानत जोगाउनसमेत सकेनन् ।

प्रमुख पार्टी र तिनका नेताहरुले देशको समस्या समाधान गर्न नसक्ने दावीका साथ ’मिसन–८४’ चलाइरहेको रास्वपा काठमाडौँ–१६ को वडाध्यक्ष बाहेक अरु कुनै पनि स्थानमा प्रतिस्पर्धामै आउन सकेन । जम्मा २६ स्थानमा उम्मेदवारी दिएको रास्वपाको २५ ठाउँमा जमानत गुमेको छ । 

आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गरेर पार्टीलाई एकलौटी सरकारको नेतृत्व गर्न हैसियतमा पुर्याउने दाबी गर्दै आएको रास्वपा पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको थियो । तर, उसले ग्रामीण इलाकामा मात्र होइन, शहरी मतदातालाई पनि आकर्षित गर्न सकेन । 

हुन त, केही निश्चित संख्यामा भएको उपनिर्वाचनको हार–जीतले गणितीय रुपमा धेरै ठूलो अर्थ नराख्न सक्छ । तर, आमचुनाव भएको तीन वर्ष बितिसकेकाले यो निर्वाचनलाई जनमत परीक्षणका रुपमा समेत हेरिँदा राप्रपा र रास्वपाप्रति मतदाताले उत्साह र भरोसा देखाएको पाइएन । अधिकांश स्थानमा यी दुई पार्टीका उम्मेदवारले सय भोट पनि कटाउन सकेका छैनन् । 

यो समाचार तयार पार्दासम्म ३७ स्थानको अन्तिम परिणाम आइसकेको छ । तीमध्ये प्रमुख पार्टीहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले अधिकांश ठाउँमा जीत दोहोर्याउँदा आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपा र जनताको मतबाटै राजतन्त्र स्थापना गर्ने बताउँदै आएको राप्रपाले पाएको मत विवरण यस्तो छ :

कोशी प्रदेश :

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष – नवीनकुमार विश्वास खवास ३७५ (रास्वपा), दिनेश कुमार थान्दारले ५५५ (राप्रपा) 
झापाको कन्काइ नगरपालिका ६– नारायणप्रसाद सिटौला–२६ (राप्रपा)

ताप्लेजुङ्गको सिरीजंघा ३– देवीप्रसाद पौडेल ७ (रास्वपा)
तेह्रथुमको लालीगुराँस ८– संजिव खड्का ३८ (रास्वपा), रत्नबहादुर श्रीपाली ४ (राप्रपा)
सुनसरीको गढी ६– कविता कुमारी उराव ८७ (राप्रपा), शशी कुमार साउ ३३ (रास्वपा) 
ओखलढुंगाको मोलुङ्ग ५– विष्णुप्रसाद पोखरेल १५१ ( रास्वपा), चन्द्रमणि दाहाल ३ (राप्रपा)
उदयपुरको त्रियुगा १२– लालबाबु साह १७ (राप्रपा), ध्रुवप्रसाद पोखरेल २०२ (रास्वपा)  

मधेश प्रदेश :

सप्तरीको डाक्नेश्वरी १ – सतिश कुमार चौधरी थारु १६५ (राप्रपा)
डाक्नेश्वरी ४ – रामकुमार यादव ६ (राप्रपा)
धनुषाको धनुषाधाम १ – रामदेव सिंह दनुवार २७ (राप्रपा), रामनरेश दास १० (रास्वपा)
महोत्तरीको रामगोपालपुर २– खुरसैद खाँ ४ (रास्वपा), मनान खाँ २ (रापप्रा)
रौतहटको इशनाथ ७– मदन शाह १४ (राप्रपा), शेख असराज ६ (रास्वपा)
गढीमाई ८– रामवालक साह ४ (राप्रपा)
राजपुर ६– रामनारायण प्रसाद जयसवाल १७ (रापप्रा) 

बागमती प्रदेश :

नुवाकोटको ककनी २– मंगलसिद्धी लामा तामाङ ८३ (रास्वपा), खेम बहादुर थापा २८ (राप्रपा)   
मकवानपुरको हेटौडा १२– प्रेम बहादुर भोलन १७८ (राप्रपा), आशा विर बल ८३ (रास्वपा)

गण्डकी प्रदेशः
गोरखा नगरपालिका ५– मंगल बहादुर थापा ८२ (रास्वपा), कल्पना राना १२ (राप्रपा)

लुम्बिनी प्रदेश :

गुल्मीको मुसिकोट १– विकास थापा ४३ (रास्वपा), इश्वरी खाती ५ (राप्रपा) 
कपिलवस्तुको सुद्धोधन– अवधेश कुमार चौधरी ९२ (रास्वपा), इनताज अहमद धोवी ६६ (राप्रपा)
रोल्पाको रुन्टीगढी गाउँपालिका ४– पहल बहादुर वली १० (राप्रपा), हिमबहादुर पुन ७ (रास्वपा)  
बर्दियाको ठाकुरबाबा ४– रत्न ५२ (राप्रपा), बासुदेव शर्मा १७ (रास्वपा)

कर्णाली प्रदेश :

कालिकोटको तिल्गुफा ७ – गोगन बहादुर शाही १५ (राप्रपा), गगन बम ५ (रास्वपा)
जाजरकोटको कुसे ७ – लाल बहादुर खत्री ८ (राप्रपा)
नलगाड उपप्रमुख – पार्बती पुन १७९ (रास्वपा)
दैलेखको दुल्लु १३ – रेशम वहादुर मल्ल १३ (राप्रपा), राम बहादुर शाही ५३ (रास्वपा)
दैलेखको महाबु गाउँपालिका अध्यक्ष – प्रकाश कुमार बुढा ११२ (रास्वपा), सुर्जे रावत ४७ (राप्रपा)

सुदूरपश्चिम प्रदेश :

डोटीको पूर्वीचौकी ६ – जानकी कुमारी खडका ३१ (रास्वपा)
कञ्चनपुरको भीमदत्त ६ – सुशिल कुमार भट्ट ३६९ (राप्रपा), राम दत्त भट्ट २१८ (रास्वपा)

टिप्पणीहरू