लीलाबल्लभकाे राजीनामाले रेवती रमणलाई माैका
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवती रमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई मन्त्री नियुक्त गरेपछि आजै प्रदेश प्रमुखले सपथ ग्रहण गराएका छन् ।
यसअघि लीलाबल्लभ अधिकारी कानुन मन्त्री थिए । तर उनी मानव तस्करी प्रकरणमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन् । यद्यपि, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध कुनै मुद्दा नचलाउने निर्णय गरिसकेको छ ।
अधिकारीको ठाउँमा एमाले संसदीय दलको प्रमुख सचेतकसमेत रहेका भण्डारीलाई नियुक्त गरिएको हो ।
टिप्पणीहरू