प्रधानमन्त्री पुग्दा बेइजिङको तापक्रम शून्य डिग्री सेल्सियस
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहान हिमालय एअरलाइन्सको विशेष विमानमा बेइजिङ प्रस्थान गर्नुभएका उहाँ स्थानीय समयअनुसार साँझ ६ बजे पुग्नुभयो ।
आज राति बेइजिङको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म पुग्दैछ । साँझ ६ बजेको तापक्रम भने शून्य डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ५ डिग्री सेल्सियस रहेको बेइजिङको भोलि र पर्सि पनि न्यूनतम तापक्रम माइनस ४ देखि माइनस ५ सम्म पुग्ने पूर्वानुमान छ ।
चिनियाँ उपबिदेश मन्त्री सुन वेइदोङले बेइजिङको दासिङ्ग क्यापिटल विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको छ । समकक्षी लि छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएको हो ।
भोलि समकक्षी लि छ्याङसँग दुईपक्षीय वार्ता र विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुँदै छ । भोलि नै उहाँले राष्ट्रपति सि जिनपिङसँग वन टु वन भेटवार्ता गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू