कीर्तिपुरमा काँग्रेस अगाडि, एमालेलाई पछ्याउँदै माओवादी

कीर्तिपुरमा काँग्रेस अगाडि, एमालेलाई पछ्याउँदै माओवादी

कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी एमाले उम्मेदवार सुरेन्द्र मानन्धरलाई दुई हजार ७२६ मत प्राप्त भएको छ ।

उनीहरुबीच ६५९ मतान्तर रहेको छ । माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले दुई हजार ३१७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जनको भागमा हालसम्म एक हजार २०७ मत परेको छ ।

काँग्रेसका कृष्णमान डंगोलको अग्रता हालसम्म कायम छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुर नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिएको छ । बाँकी वडाको मतगणना पनि शुरु भइसकेको उनले बताइन् ।

टिप्पणीहरू