दुर्गा प्रसाईंलाई थुन्ने म्याद फेरि थप

दुर्गा प्रसाईंलाई थुन्ने म्याद फेरि थप

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जथाभावी बोलेको आरोपमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं कम्तिमा थप तीन दिन थुनिने भएका छन् । 

काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउने उनी मंसिर ४ गते पक्राउ परेका थिए । 

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी गरेको 'फेक डकुमेन्ट' सार्वजनिक गरेको आरोप लागेका उनीविरुद्ध विद्युतीय कारोबार, मानहानी, किर्ते र  सम्पति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू