जनयुद्ध नयाँ स्वरुप ‘एआई’ मा देखिने माओवादी दाबी

जनयुद्ध नयाँ स्वरुप ‘एआई’ मा देखिने माओवादी दाबी
सुन्नुहोस्

माओवादी केन्द्रका नेता तथा सांसद जनार्दन शर्माले ‘जनयुद्ध’ शब्दमाथि प्रतिबन्ध लगाउनु लोकतन्त्रको उपहास भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् जनयुद्ध अब नयाँ तरङ्ग (वेभ) बनेर आउने दाबी गरेका छन् ।
 
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संयुक्त इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएको छ । सोही आदेशमाथि टिप्पणी गर्दै नेता शर्माले भनेका छन्, ‘तिमी प्रतिबन्ध भएको सुनेँ, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिँडीमा सडाउन चाहन्छन् ।’

पूर्व अर्थमन्त्री समेत रहेका शर्माले नयाँ पुस्ताको चाहना अनुसार अब जनयुद्धको नयाँ स्वरुप देखिने उल्लेख गरेका छन् । युवाको दिमाग र प्रविधिको विकाससँगै नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर आउने दाबी गर्दै उनले थपेका छन्, ‘देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्पसहित नयाँ पुस्ताको चाहना अनुसार एआई मा सवार हुनेछौ । प्रतिबन्ध त लोकतन्त्रको उपहास हो ।’

टिप्पणीहरू