एमाले उपमहासचिव सोझै नयाँ दिल्लीको रात्रिभोजमा

एमाले उपमहासचिव सोझै  नयाँ दिल्लीको रात्रिभोजमा
सुन्नुहोस्

एमाले उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हिजो अपरान्ह भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मा दिउँसो २ बजे त्यता गएका थिए ।

रात्रिभोज परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको सम्मानमा आयोजना गरिएको थियो । नेदरल्याण्ड्स,जर्मनी, लक्जेम्बर्गको भ्रमण सकेर अस्ति राति नयाँ दिल्ली पुगेकी मन्त्रीसँगै भोजमा नेपालका लागि भारतीय पूर्व राजदूत तथा त्यहाँ आयोजित नेपाल–भारत आर्थिक सम्मेलनका सहभागीहरु सामेल थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे अनेक अनुमान र चर्चाबीच मन्त्री राणा र नेता ज्ञवालीको नयाँ दिल्लीमा एकैसाथ उपस्थिति देखिएको हो । विगतमा पनि उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री ओलीको विशेष दूतको रुपमा भारत भ्रमण गरेका थिए ।

टिप्पणीहरू