जीबी सँधै बेपत्ता,रविको भने उही रटान

जीबी सँधै बेपत्ता,रविको भने उही रटान
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा कम्पनीको खाताबाट चेक काट्ने कार्यमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । 

चेकको दस्तखत आफ्नो भएको बताउँदै आएका उनले तर ती सबै काम अध्यक्ष जीबी राईको नियन्त्रणमा हुने गरेको  उनको दाबी छ । यता राई हालसम्म फेला नपर्नु र रविले सबै दोष उनीमाथि थोपर्दै आउनुले सहकारी ठगीको उक्त घटनालाई थप रहस्यमय बनाएको छ । सोही क्रममा आज कास्की प्रहरीले रविसहित ४४ जना व्यक्ति र संस्था विरुद्ध ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ । 

चेकबाट भुक्तानी दिएकोबारे उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । बयानमा भनेका छन्, ‘गोर्खा मिडियाले भुक्तानीका लागी चेक दिने निश्चित प्रणाली थियो,जसमा कार्यकारी अध्यक्ष जीबी राईको पूर्ण नियन्त्रण र उहाँले सञ्चालन गरेको जिबी ग्रुप अफ कम्पनीजले यसको पूरै निगरानी गरी कारोबार गर्ने गरेको थियो । जीबी ग्रुप अफ कम्पनीजको लेखा अधिकृत रविना रिमाल नाम गरेकी कर्मचारीमार्फत् सिफारिस भएर आएका चेकहरू गोर्खा मिडियाको लेखा अधिकृतले जनरल भौचरमा उल्लेख गरी आफू तथा अपरेसन प्रमुख पुष्पराज गिरीमार्फत भेरिफाई गराएपछि मात्र चेकमा दस्तखत गर्नको लागि मकहाँ आउने प्रणाली थियो ।’ 

उनले कुनै पनि सहकारीहरूबाट ऋण लिने निर्णय नभएको बयानमा उल्लेख गरेका छन् । गोर्खा मिडियाका सञ्चालकले त्यसबारे आफूलाई जानकारी नगराएको लामिछानेको दाबी छ ।

टिप्पणीहरू