रविलाई निलम्बन गर्ने पत्र सभामुखको टेवलमा

रविलाई निलम्बन गर्ने पत्र सभामुखको टेवलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणसहित ३ वटा कसुरमा मुद्दा दर्ता भएसँगै उनी निलम्बित हुने भएका हुन् । कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भए स्वत: निलम्बित हुने कानुनी प्रावधान छ । 

लामिछानेलाई निलम्बन गर्न कास्की प्रहरीले सभामुखलाई सम्बोधन गरी लेखेको पत्र संसद सचिवालयमा पुगिसकेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज अबेला चिठी आइपुगेको हो । 

 प्रहरीको पत्र ढिला प्राप्त भएकाले यसबारे भोलि प्रक्रिया अघि बढ्ने उनले बताए ।

टिप्पणीहरू