रविवाला मुद्दामा एमाले पूर्व सांसद पनि मुछिइन्

रविवाला मुद्दामा एमाले पूर्व सांसद पनि मुछिइन् फाइल फाेटाे
सुन्नुहोस्

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर गरिएका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँगै एमाले पूर्व सांसदलाई पनि प्रतिवादी बनाइएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनमा लामिछानेसहित ६३ जना व्यक्ति र संस्थाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

 हाल फरार उक्त सहकारीको सञ्चालक समितिका पूर्व उपाध्यक्ष मीना गुरुङ प्रतिवादीमध्येमा छिन् उनी गण्डकी प्रदेश सभाकी पूर्व सदस्य हुन् । एमाले उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल निकट भनेर चिनिन्छिन् ।

 अभियोगपत्रमा पोखरा महानगरपालिका १२, रानीपौवा निवासी ६३ वर्षे उनको नागरिकता नम्बर कास्की २९७५६ र राहदानी नम्बर २३५८२३९ उल्लेख छ ।

 

टिप्पणीहरू