पूर्व राष्ट्रपति आउँदा श्रीलंकन दूतावास रित्तै

पूर्व राष्ट्रपति आउँदा श्रीलंकन दूतावास रित्तै
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको निम्तो मान्न आएका श्रीलंकन पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेलाई काठमाडौंस्थित श्रीलंकाली दूतावासका कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेलगत्तै उनी श्रीमती मैथ्री विक्रमासिंघेसँगै ४ बजे लुम्बिनी गएका छन् । 

रनिललाई विमानस्थलमा दूतावासका कार्यवाहक राजदूत सिआर मुनासिंघेलगायतले अट्याची मधुसा गुनासेखरा,लेखा अधिकृत कोकिला करुणाराथेन र अन्य तीन जना नेपाली कर्मचारीसहितले स्वागत गरेका थिए । 

अपरान्ह ४ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट भैरहवा हुँदै लुम्बिनी गएका उनीहरुलाई होक्के होटलमा राखिएको छ । 

श्रीलंकाका नवौं राष्ट्रपति रनिल र चौधरी व्यावसायिक साझेदार भएकाले उनको निम्तो मान्न यता आएको बुझिएको छ । चौधरी पनि अस्ति रुपन्देही नजिकैको नवलपरासी पुगी लुम्बिनीमा रनिलसँग भेटवार्ता गर्न तारतम्य मिलाएका थिए ।

टिप्पणीहरू