रोकियो कीर्तिपुरको धर्ना

रोकियो कीर्तिपुरको धर्ना
सुन्नुहोस्

विश्वविद्यालय सुधारको माग राख्दै कीर्तिपुरमा थालिएको आन्दोलन करिब तीन सातापछि रोकिएको छ । मंसिर २६ गतेदेखि त्रिभुवन विश्वविद्यालय सुधारको निम्ति ३५ बुदे माग राख्दै विद्यार्थीहरुले धर्ना गरेका थिए । 

केन्द्रीय क्याम्पस स्ववियु सचिव तथा अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष सिद्धान्त भट्टको नेतृत्वमा भइरहेको आन्दोलन वार्ता र सम्झौतापछि अन्त्य भएको हो ।

आन्दोलनरत विद्यार्थी समूह र विश्वविद्यालय पदाधिकारीहरुबीच सम्झौता भएको छ ।

टिप्पणीहरू