खुल्यो कक्षा १२ को परीक्षा आवेदन

खुल्यो कक्षा १२ को परीक्षा आवेदन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन फाराम खुलाएको छ । बोर्डले नियमित र आंशिक परीक्षाका लागि माघ १५ गतेसम्म मिति तोकेर अनलाइन फाराम खुलाएको हो । परीक्षा शुल्क भने यही पुस मसान्तभित्र दाखिला गर्नुपर्ने जनाइएको छ।

आगामी वर्ष २०८२ मा सञ्चालन हुने परीक्षाको आवेदन फाराम विद्यार्थी स्वयम्ले भर्नुपर्ने छ । बोर्डका अनसार कक्षा १२ को नियमित परीक्षार्थीको रुपमा आवेदन फाराम भर्ने विद्यार्थीहरु (रजिष्ट्रेशन नम्बर शुरुका दुई अंक ८१ भएका) ले २०८१ सालमा विद्यालयमार्फत् लिइएको कक्षा ११ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ र आन्तरिक मूल्याङ्कन–प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ । 

परीक्षा फारामका साथ विद्यालयबाट प्रदान गरिएको (तोकिएको न्यूनतम ग्रेड प्राप्त) कक्षा ११ को ग्रेडसिट प्रधानाध्यापकबाट प्रमाणित गराई अनिवार्य रुपमा बुझाउनुपर्ने छ । अन्यथा, आवेदन फाराम मान्य नहुने बोर्डले जनाएको छ । त्यस्तै, परीक्षा आवेदन शुल्क प्रतिविद्यार्थी छ सय रुपैयाँ तोकिएको छ । 

माघ १५ गतेसम्म बुुझाउन सकिने विलम्ब शुल्क प्रतिविद्यार्थी १२ सय रुपैयाँ तोकिएको छ । बोर्डले गत वर्ष आन्तरिक मूल्याङ्कनको अङ्क छुट भएका आंशिक परीक्षार्थीको अङ्क विवरण अनिवार्य रुपमा पठाउन पनि विद्यालयहरुलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू