अवकाशप्राप्त उपसचिवले लिए सहसचिवको परीक्षा

अवकाशप्राप्त उपसचिवले लिए सहसचिवको परीक्षा

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोकसेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण भएको जनाउँदै त्यहाँबाट भएका नियुक्तिप्रति घुमाउरो तरिकाले प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले प्रदेश लोकसेवा आयोगले सिफारिस गरेका नियुक्तिहरुको कानुनी आधार नदेखिएको उल्लेख गरे । 

नेपालको संविधानको धारा २४४ अनुसार गठन भएका प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड लोकसेवा आयोगअनुसारको हुनुपर्ने छ । तर अहिलेसम्म ती आयोगहरुले लिएका परीक्षा, नियुक्ति सिफारिस र ती सबैको मूल्यांकनले संविधानले तोकेको व्यवस्था पालना नगरेको रेग्मीको ठहर छ ।

उनले प्रदेश लोकसेवा आयोगको पदाधिकारी नियुक्ति नै गैरकानुनी रहेको बताए ।  मधेशमा अवकाशप्राप्त उपसचिव सरहको व्यक्तिको अध्यक्षतामा सहसचिवको परीक्षा लिइएको उल्लेख गरेपछि प्रदेशका कर्मचारीको नियुक्तिमाथि गम्भीर प्रश्न चिन्ह उठेको हो ।

टिप्पणीहरू