ओलम्पियाड प्रतिस्पर्धा आयोजकलाई सरकारी अनुदान

ओलम्पियाड प्रतिस्पर्धा आयोजकलाई सरकारी अनुदान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ओलम्पियाड सञ्चालन गर्ने संस्थालाई अनुदान दिने भएको छ । मन्त्रालयले विज्ञान, प्रविधि, इन्जिनियरिङग वा गणित विषयसँग सम्बन्धित ओलम्पियाड प्रतिस्पर्धा आयोजना गर्ने संस्थालाई अनुदान प्रदान गर्न लागेको हो । 

मन्त्रालयको चालु आर्थिक वर्ष २०८१–०८२ को वार्षिक कार्यक्रममा मुलुकभित्र सञ्चालित कक्षा १२, प्रविणता प्रमाणपत्र तह एवं सोसरहभन्दा कम तहमा अध्ययनरत विद्यार्थीलाई ओलम्पियाड प्रतिस्पर्धामा सहभागी गराउने लक्ष्य लिइएको छ । 

सोहीअनुरुप विज्ञान, प्रविधि, इन्जिनियरिङग वा गणित विषयसँग सम्बन्धित ओलम्पियाड प्रतिस्पर्धा सञ्चालन गर्ने संस्थालाई अनुदान सहयोग लागिएको जनाउँदै मन्त्रालयले इच्छुक र योग्य संस्थालाई निवेदन पेश गर्न आह्वान समेत गरेको छ । 

मन्त्रालयबाट हालसालै स्वीकृत ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टिम ओलम्पियाड सञ्चालनसम्बन्धी कार्यविधि, २०८१’ को अनुसूची २, बमोजिम ढाँचामा आगामी पुस २५ गतेसम्म निवेदन पेश गर्न भनिएको छ । 

निवेदक आफैं उपस्थित भएर वा मन्त्रालयको इमेलमार्फत् आवश्यक कागजातसहित निवेदन बुझाउन सकिनेछ ।

टिप्पणीहरू