जीबी राईको राहदानी रोक्का
विभिन्न सहकारी संस्थाको रकम अपलचनपछि फरार जीबी राईको राहदानी रोक्का गरिएको छ । उनको राहदानी जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभाले रोक्का गरेको बताइएको छ ।
आधा दर्जन सहकारीको साढे २ अर्ब बढी रुपैयाँ ठगी गरेको आरोप लागेका राईको राहदानी रोक्काको लागि गरिएको अनुरोध यसअघि विभागले अस्वीकार गरेको थियो । तर, प्रहरीले रवि लामिछाने र छविलाल जोशीसहित फरार राईसमेतलाई जोडेर संगठित अपराधको अनुसन्धान थालेपछि राहदानी रोक्का भएको हो ।
टिप्पणीहरू