सडकमा कचौरा थापेर सात करोडको सम्पत्ति
भिखारी भन्न बित्तिकै धेरैलाई सडकमा माग्दै हिँड्ने अनुहार याद आउछ । तर, करोडौँ सम्पत्ति भएका एक भारतीय भिखारी यतिबेला चर्चामा छन् ।
भरत जैन नाम गरेका ती भिखारी मुम्बईको सडकमा माग्दै हिँड्छन् । तर, इकोनोमिक्स टाइम्सका अनुसार उनको कूल सम्पत्ति साढे सात करोड (भारु)भन्दा बढी छ । मुम्बईमै उनले साढे एक करोड बराबरको दुईवटा फ्ल्याट किनेका छन् । एक फ्ल्याटमा उनी श्रमती, बुबा, भाइ र दुई छोरासँग बस्छन् भने अर्को फ्ल्याट मासिक ३० हजार भाडामा दिएका छन् ।
सडकमै मागेर अन्य जागिर तथा पेशाभन्दा राम्रो आम्दानी गर्ने जैनले विभिन्न मिडियासँगको कुराकानीमा दैनिक दुई हजारदेखि तीन हजारसम्म कमाउने गरेको बताएका छन् । उनले भनेका छन्, ‘म दैनिक १० देखि १२ घण्टा सडकमै हुन्छु, मासिक ६० हजारदेखि ७५ हजारसम्म कमाइरहेको छु ।’
रोचक के छ भने, जैनले केही कर्मचारी राखेर अन्य व्यवसायमा पनि लगानी गरेका छन्, तर उनी भने सडकमै माग्न रमाउछन् । भन्छन्, ‘म अरुले के भन्छन् भन्ने विषयमा चिन्ता गर्दिन, यही काममा खुशी छु ।’
टिप्पणीहरू