चीनबाट एक घण्टाको अन्तरमा दुई उच्चस्तरीय प्रतिनिधिमण्डल आइपुग्दै
छिमेकी मित्रराष्ट्र चीनबाट दुई वटा उच्चस्तरीय टोली नेपाल भ्रमणमा आउन लागेको छ । उपमन्त्री र उपनिर्देशक नेतृत्वको दुई टोली बिहान ११ बजे र मध्यान्ह १२ बजेको समयमा काठमाडौं आइपुग्ने बताइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङको नेतृत्वमा आउन लागेको प्रतिनिधिमण्डल एअर चाइनाको उडानमा बिहान ११ बजे काठमाडौं आइपुग्दै छ । उपमन्त्री वाङ यु चङ उक्त प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुनुहुन्छ ।
त्यस्तै मध्यान्ह १२ बजेको समयमा थाइल्याण्ड हुँदै चीनको अर्को उच्चस्तरीय प्रतिनिधिमण्डल पनि काठमाडौं आइपुग्दै छ । चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल बैंकक हुँदै थाइ एअरवेजको उडानमा दिउँसो सवा १२ बजे आइपुग्ने बुझिएको छ ।
टिप्पणीहरू