समसामयिक राजनीतिबारे छलफल गर्दै माओवादी

समसामयिक राजनीतिबारे छलफल गर्दै माओवादी

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ । दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक राखिएको छ।

माओवादीले केन्द्रीय कमिटी बैठक आगामी मंगलबारदेखि राखेको छ । स्थायी कमिटीको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, हालै भएको स्थानीय तह उपनिर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको हो ।

आगामी केन्द्रीय कमिटी बैठकले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे आवश्यक निर्णय लिनसक्ने अनुमान छ ।

टिप्पणीहरू