म्याद थपसम्बन्धी बहसअघि रविका कानुन व्यवसायीहरु अदालत अगाडि

म्याद थपसम्बन्धी बहसअघि रविका कानुन व्यवसायीहरु अदालत अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई अझै म्याद थपका लागि कास्की जिल्ला अदालतमा बहस भएको छ । प्रहरीले थप नौ दिन हिरासतमा राख्नुपर्ने माग गरेपछि सरकारी वकीलको कार्यालयका तर्फबाट कानुन व्यवसायी र प्रतिवादी रविको तर्फका कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् ।

न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा रविसहित चार जनलाई म्याद थप्नेबो बहस भइरहेको बताइन्छ । गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछानेसहित पूर्व डिआईजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाईलाई अदालत पुर्याइएको छ ।

रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्त, हरिप्रसाद सुवेदीलगायतको टोलीले बहस गरेको छ । उक्त टोलीले बिहान अदालत छिर्नुअघि बाहिर फोटोसमेत खिचेको थियो ।

टिप्पणीहरू