रोकियो माओवादी बैठक
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम क्षणमा स्थगित गरिएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको जनाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर हुनुभएको कारण बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सदस्यहरुलाई जानकारी दिइएको छ ।
माओवादी केन्द्रीय समितिको बैठक आगामी मंगलबारदेखि शुरु हुँदैछ । त्यसैको तयारी र एजेन्डा तयका लागि आज दिउँसो स्थायी समिति बैठक राखिएको थियो ।
टिप्पणीहरू