उपकुलपतिमा छानिएका आधा दर्जनमध्ये एक रोजिँदै
कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये छ जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त दिएकामध्ये छ जनालाई प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको छ ।
चितवनका प्रा.डा.अर्जुनकुमार श्रेष्ठ, चितवनकी प्रा.डा.कल्याणी मिश्र त्रिपाठी, काठमाडौंका प्रा.डा.पुस्करबहादुर पन्त, मकवानपुरका प्रा.डा.बलराम कुमार भट्ट, चितवनकी प्रा.डा.शारदा थपलिया र ललितपुरका प्रा.डा.होमबहादुर बस्नेतलाई प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाइएको हो ।
सर्ट लिस्टमा परेका उनीहरुको आउँदो सोमबार बिहान ९ बजे सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ता तोकिएको छ ।
टिप्पणीहरू