चीनमा कतिले पाए भ्रष्टाचारमा सजायँ ?
चीनको उच्चस्तरीय अनुशासन निकायले पर्सिदेखि एक हप्तासम्म भ्रष्टाचारविरुद्ध महत्वपूर्ण सम्मेलन आयोजना गर्न लागेको छ । सम्मेलनले आगामी वर्ष भ्रष्टाचारविरुद्धको लडाईंका मुख्य प्राथमिकताहरु निर्धारण गर्ने अनुमान गरिएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार हालैको एक बैठकमा चिनियाँ नेतृत्वले राष्ट्रको वर्तमान भ्रष्टाचार विरोधी परिदृश्यको लेखाजोखा गर्दै भ्रष्टाचारमा लचकता र नरमपनामा शून्य सहनशीलता अपनाउँदै उद्देश्यको असाधारण स्पष्टतामा जोड दिइएको छ ।
पछिल्लो वर्ष सन् २०२४ मा चिनियाँ कम्युनिष्ट पार्टीका ५८ जना उच्च पदस्थ अधिकारीमाथि छानबिन गरिएको थियो ।
विगत दशकमा चीनले भ्रष्टाचारविरोधी सशक्त अभियान चलाएको छ । कीर्तिमानी संख्यामा उच्चपदस्थ अधिकारीमाथि छानबिन गरेकाले विभिन्न क्षेत्रमा व्यापक प्रभाव परेको बताइन्छ ।
चीनको भ्रष्टाचारविरोधी निकायका अनुसार पछिल्लो वर्ष सन् २०२४ मा चिनियाँ कम्युनिष्ट पार्टीका ५८ जना उच्च पदस्थ अधिकारीमाथि छानबिन गरिएको थियो । गत अप्रिलमा चलाइएको भ्रष्टाचारविरोधी अभियान अन्तर्गत सामान्य जनताको जीवनमा असर पार्ने क्षेत्रमा चार लाख ३३ हजार जनालाई सचेत गराइएको थियो भने १४ हजारलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।
चार लाख ३३ हजार जनालाई सचेत गराइएको थियो भने १४ हजारलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।
उक्त अभियानका क्रममा देशभित्र अपराध गरेर विदेश पलायन भएका एक हजार ३०६ जनालाई स्वदेश फर्काइयो । गत वर्ष २ अर्ब १० करोड डलर बराबरको अवैध सम्पत्ति पनि फिर्ता ल्याउन राज्य सफल भएको थियो । भ्रष्टाचार बढी हुने ठानिएका वित्तीय क्षेत्र,ऊर्जा,सूर्तिजन्य,औषधि, खेलकुद र पूर्वाधार क्षेत्र मुख्य हुन् । औषधिको क्षेत्रमा ५२ हजार जना विरुद्ध मुद्दा चलाइएको थियो भने दुई हजार ६३४ जनालाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।
ती छानबिनबाट चिकित्सा बिमाको क्षेत्रमा २४.२ अर्ब चिनियाँ युआन असुली भएको छ । खेलकुदको क्षेत्रमा एक पूर्व उच्च पदस्थ अधिकारी कुओ चोङवेनलाई घुस लिएको र पदको दुरुपयोग गरेकोमा पक्राउलगत्तै छानबिन गरियो । अर्का पूर्व उच्च पदस्थ तु चाओकाई तथा लि थियलाई क्रमशः १४ र २० बर्षको सजाय तोकियो । लि तिए पूर्व राष्ट्रिय पुरुष फुटबल प्रशिक्षार्थी तथा ख्यातिप्राप्त पूर्व खेलाडी पनि हुन् ।
टिप्पणीहरू