सिचाङका भूकम्पपीडितको जोडतोडका साथ प्रारम्भिक पुनर्स्थापना (फोटो तथा भिडियो)

सिचाङका भूकम्पपीडितको जोडतोडका साथ प्रारम्भिक पुनर्स्थापना (फोटो तथा भिडियो)
सुन्नुहोस्

चीनको सिचाङ, टिंग्री काउण्टीका भूकम्पपीडितहरुको उद्धारपछि प्रारम्भिक पुनर्स्थापना को काम जोडतोडका साथ भइरहेको छ । मंगलबार बिहान गएको ६.८ रेक्टर स्केलको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते छन् ।

प्रभावितहरुको उद्धारपछि चिनियाँ जनमुक्ति सेना, सरकारी अधिकारी, रेडक्रसका कर्मचारीहरु उनीहरुको प्रारम्भिक पुनस्र्थापनामा जुटेका हुन् । विमान, सडक मार्ग, ड्रोनबाट अत्यावश्यक सामाग्री पुर्याइएको छ ।

उनीहरुको आवश्यकता अनुसार स्वास्थ्यपरीक्षण, खानपिन र बासस्थानको सबै व्यवस्था मिलाइसकिएको प्राप्त समाचारमा उल्लेख छ । चीनको अर्थ मन्त्रालयले भूकम्पले कृषि क्षेत्रमा पुर्याएको क्षतिबाट स्थानीय जनतालाई राहत दिन आठ करोड युआन छुट्याएको सिन्हवा समाचार समितिले जनाएको छ । 

यसबीच ल्हासामा रहेको नेपाली समुदायबाट संकलित ३७ लाख १७ हजार ५३० रुपैयाँ ल्हासा रेडक्रसलाई हस्तान्तरण गरिएको छ । ल्हासामा रहेका नेपालीहरुको संस्था नेपाली दुःख निवारण कल्याणकोषले त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा उक्त रकम संकल गरेको हो ।

स्रोत : चिनियाँ दूतावास, काठमाडौं ।

टिप्पणीहरू