कर्साबले जे गर्दा पनि हुने ?

सेनाभित्र नियमविपरीत गरिने कामको अन्त्य अझै भएको छैन ।
अन्यायविरुद्ध नामसहितको पत्र लेखिनुपर्ने हुँदा कसैले पनि सुझावपेटिकामा चिठी खसाल्न डराएका छन् जबकि पूर्णचन्द्र थापाको पालामा बेनामे चिठीमार्फत आफ्ना गुनासा राख्न पाइन्थ्यो । सुनुवाइ पनि हुन्थ्यो ।
यसबीच रोल्पास्थित गणपति बिकेसिंह विकले महिला सिपाहीलाई घरेलु कामदारको रुपमा प्रयोग गरिरहेका छन् । तर, यो नियमविपरीत गरिएको कार्यका लागि सबै जना चुप लाग्न बाध्य छन् । यी र यस्ता बेथिति तथा अन्यायविरुद्ध बोल्ने आँट कसैले पनि गर्न सकेका छैनन् ।
टिप्पणीहरू