ट्रम्पको घोषणा : ७० करोड तिर्नुस्, अमेरिकामा बस्नुस्

ट्रम्पको घोषणा : ७० करोड तिर्नुस्, अमेरिकामा बस्नुस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामको नयाँ भिसा कार्यक्रम घोषणा गरेका छन् । उक्त कार्ड खरिदका लागि ७० करोड नेपाली रुपैयाँ बराबरको ५० लाख अमेरिकी डलर तिर्नुपर्ने छ ।

ट्रम्पले रुसलगायत विश्वका धनाढ्य विदेशी नागरिकलाई अमेरिकाको नागरिकता लिने, बसोबास गर्ने र कामको अवसरका लागि ‘ट्रम्प गोल्ड कार्ड’ ल्याएको दाबी गरे ।

यसअघिको ग्रीन कार्डभन्दा फरक ढंगको गोल्ड कार्डबाट रुसी अरबपतिहरुबाट अरबौं डलर भित्र्याउने अमेरिकी रणनीति रहेको अनुमान छ ।

टिप्पणीहरू