प्रधानमन्त्रीका दर्जन कार्यक्रम, एउटा बाहेक सबै बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओली आज झण्डै एक दर्जन कार्यक्रममा सहभागी हुनुहुने छ । बिहान १० बजेदेखि राति साढे ८ बजेसम्म तय भएका ११ वटा औपचारिकमध्ये एउटा बाहेक अरु सबै उहाँको सरकारी निवास बालुवाटारमा राखिएको छ ।
स्रोतका अनुसार बिहान १० र दिउँसो २ बजे क्रमशः कृषिमन्त्री र स्वास्थ्यमन्त्रीसँग बालुवाटारमा भेट्घाटको कार्यक्रम छ । साढे १० बजे कर्णाली प्रदेशका मन्त्री विनोद शाहसँग बालुवाटारमा भेटघाट थियो ।
११ बजे ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । प्रधानमन्त्री त्यहाँ उपस्थित भएपछि साढे १२ बजे बालुुवाटारमा काठमाडौं विश्वविद्यालयको कुलपछि छनौट समितिका सदस्यहरुसँग भेट गर्दै हुनुहुन्छ ।
दिउँसो १ बजे श्रम, रोजगार तथा सुरक्षामन्त्रीसँग भेटघाट, साढे २ बजे नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसँग र बेलुकी साढे ६ बजे काठमाडौं–तराई–मधेश द्रूत मार्गको सम्बन्धमा सरोकारवालासँग बालुवाटारमा छलफल राखिएको छ ।
साँझ साढे ७ बजे राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्रीसँग भेट गर्दैछन् । ८ बजे राष्ट्रियसभा उपाध्यक्ष र सचिवसँग, राति साढे ८ बजे अखिलका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग बालुुवाटारमा भेट गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।
टिप्पणीहरू