प्रहरीसँग नभिडुन् प्रहरी

प्रहरीसँग नभिडुन् प्रहरी

राज्यका लागि प्रहरी, सशस्त्र प्रहरी र सेना नभै हुन्नन् । प्रहरीले बन्दुक बोक्दैमा सेनाको काम गर्छु भनेर हुँदैन त्यसो त प्रहरीमा नगर प्रहरी छ ।

सशस्त्र र नेपाल प्रहरी दुवैतिर गण छन् । सेना त सेना हो, तर कमाण्डो सशस्त्र र नेपाल प्रहरीमा पनि रहेको पाइन्छ । सशस्त्र प्रहरीलाई प्यारा मिलिटरी फोर्सको रूपमा स्थापित गर्ने भनिएको थियो । सशस्त्र प्रहरी गठन गर्दा नेपाल प्रहरीबाट जनशक्ति लिइयो । त्यसबेला यो मस्यौदा गर्ने आमोदचन्द्र गुरुङको समितिले सशस्त्र सुरक्षा बल नामकरण प्रस्ताव गरेको थियो ।

अहिले प्रस्तावित दुईथरि प्रहरी सम्बन्धी विधेयक अध्ययन गर्दा केही बुँदा छोडेर फरक खुट्याउन मुश्किल अवस्था छ । नयाँ प्रहरी ऐनको सकारात्मक पक्ष भनेको जागिर अवधि वृद्धि भई काविल जनशक्ति अलिक दिनसम्म टिक्ने र नेतृत्वको विकास हुने अवसरसम्म हो ।

तर, चेन अफ कमाण्डको भरमा चल्ने संस्थामा द्वैध नेतृत्व र जिम्मेवारीको व्यवस्था राखिँदा काम गर्न कठिन हुने, भनेको बेला प्रहरी परिचालन गर्न नसकिने र संवेदनशील अवस्थाको सामना गर्न अक्षम हुने खतरा औंल्याइएको छ ।

द्व्रैध नेतृत्वका कारण राम्रा कामको जश आपूmले लिने, खराब वा असफलताको पगरी अर्कालाई भिराउने चलनले प्रश्रय पाउने खतरा विद्यमान छ । शान्ति सुरक्षा नखल्बलिएको अवस्थामा केही हुन्न तर जव प्रदर्शन, द्वन्द्व, आन्दोलन, हडताललगायत विद्रोह र विरोधी क्रियाकलाप हुन थाल्छन् त्यसबेला भने शान्ति सुरक्षाको अवस्था निकै नाजुक मोडमा पुग्ने खतरा प्रस्तावित प्रहरी ऐनले गरेको अनुभूति विज्ञहरूको छ ।

सुडानमा प्रहरी, प्यारा मिलिटरी र सेनाबीच द्वन्द्व भएको थियो भने भारतको मणिपुर आसाममा पनि सुरक्षा निकायबीच नै गोली हानाहानसम्मको अवस्था सिर्जना भएको छ । त्यसैले प्रस्तावित विधेयक पारित गर्नुपूर्व गम्भीर छलफल हुनुपर्ने राय विज्ञहरूको छ । 

टिप्पणीहरू