गुलाम अलीले फेरि ‘गाजलु आँखा’गुन्जाउने

गुलाम अलीले फेरि ‘गाजलु आँखा’गुन्जाउने

विश्वप्रख्यात पाकिस्तानी गजल गायक गुलाम अली काठमाडौं आइपुगेका छन् । कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ बाट हिजो साँझ ५ बजे दोहा हुँदै काठमाडौं आइपुगेका उनी ललितपुरको पुलचोकमा भोलि आयोजना हुने ‘गुलाम अलीका तीन पुस्ता एउटै स्टेजमा’ शीर्षक कार्यक्रममा सहभागी हुनेछन् । अलीका छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीले पनि सँगै प्रस्तुति दिनेछन् । 

कार्यक्रममा गुलामले दशकौंअघिको ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’ तथा ‘निधारमा’ प्रख्यातजस्ता नेपाली गीतहरु गाउनेछन् ।

उक्त कार्यक्रममा सहभागी हुने कतिपय टोली सदस्य गत साता नै काठमाडौं आइसकेका थिए । कार्यक्रममा गुलामले दशकौंअघिको ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’ तथा ‘निधारमा’ प्रख्यातजस्ता नेपाली गीतहरु गाउनेछन् ।

८५ वर्षे अली पाकिस्तानका बडे गुलाम अली खान र छोटे गुलाम अली खानका चेला हुन् । उनी गजल गायनमा पृथक स्वरका धनी भएकाले विश्व प्रख्यात छन् ।
​​​​​

टिप्पणीहरू