नेप्सेको सिईओमा पाँच जनाको नाम ‘सर्ट लिस्ट’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ ।
अर्थ मन्त्रालयले आवेदकमध्ये प्रस्तुतीकरण र अन्तरवार्ताका निम्ति वर्णानुक्रमअनुसार अन्तिम पाँच जनाको सार्वजनिक गरेको हो । चुडामणी चापागाईं, नारदकुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्ट लिस्टमा परेको जानकारी गराइएको छ ।
उनीहरुलाई आउँदो चैत १३ गते बुधबार व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका निम्ति मन्त्रालयमा बोलाइएको छ । आफ्नो नागरिकता, शैक्षिक योग्यता र कार्यअनुभव पुष्टि गर्ने सक्कल कागज प्रमाणसहित उपस्थित हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू