जनआस्थाविरुद्धको अर्को मुद्दामा पनि विनोद चौधरीको हार

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आस्था प्रकाशन प्रालिविरुद्ध हालेको मुद्दामा लज्जास्पद हार व्यहोर्नुपरेको छ । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठसहितलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा दाबी नपुग्ने फैसला भएको हो ।
ललितपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश पुनाराम खनालको इजलासले भर्खरै दाबी नपुग्ने फैसला सुनाएको छ । जनआस्थाले गत असार २४ गते ‘लिम्चुङबुङमा पहिले मदिरा, अहिले वाइवाइ बर्जित’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो समाचारविरुद्ध चौधरीको सिजी फुड्स नेपालको तर्फबाट अधिकार प्राप्त व्यक्ति मन्दिरा गौतमले गत साउन १५ गते अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
उदयपुर लिम्चुङबुङ गाउँपालिकाको १८ औं कार्यपालिका बैठकले सिसाजन्य मदिरा तथा पेयपदार्थहरुमा रोक लगाउने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष मेजरकुमार राईले दोस्रो चरणमा चाउचाउलगायतका ‘जंकफुड’ मा प्रतिबन्ध लगाउने बताएका थिए । पैसासँगै स्वास्थ्य सकिने बताउँदै उनले चाउचाउको बिक्री वितरणमा निषेध गर्ने जानकारी दिएका थिए । त्यसै समाचारबाट आफ्नो गाली बेइज्जती भएको चौधरीको फिराद थियो ।
यो पनि...
१. वाइवाइ गुणस्तरहीन, विनोद चौधरीलाई दुई लाख जरिवाना
३. चौधरीको चाउचाउ काण्ड झन् चर्को
४. चौधरीको व्यापार अर्बौंको,कर सुको जत्तिको
५. ‘वाइवाइ’ चाउचाउमाथि धमाधम प्रतिबन्ध
६. चौधरीको उल्टो रटान, वाइवाइमा मिसाइएको रसायन र जरिवानाबारे मौन
टिप्पणीहरू