ग्लोबलद्वारा दुर्लभ तस्बीर सार्वजनिक

ग्लोबलद्वारा दुर्लभ तस्बीर सार्वजनिक
सुन्नुहोस्

ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । दशकौं पुरानो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बीर समेटिएको क्यालेण्डर सार्वजनिक गरिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कमलादीस्थित कर्पोरेट कार्यालयमा आयोजित समारोहमा क्यालेण्डर सार्वजनिक गरेका हुन् । क्यालेण्डरमा नेपाली परम्परागत जीवनशैली, रहनसहन र अभ्यासलाई कैद गरिएका दुर्लभ तस्बीर छन् । 

ती तस्बीरले नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन र अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुर्याउने अध्यक्ष ढकाल बताउँछन् । विगतका क्यालेण्डरमा पनि नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने,‘नेपालको सर्वाङ्गीण विकासका लागि हामीले कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंक निजी क्षेत्रको पहिलो तथा वित्तिय सूचकअनुसार सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू