विपक्षीहरु संसद अवरुद्धको तयारीमा, प्रधानमन्त्रीको अडान यथावत

संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज डाकिएको छ । हिजो स्थगित प्रतिनिधि सभाको बैठक बिहान ११ बजे राखिएको छ । राष्ट्रिय सभाको बैठक मध्यान्ह सवा १२ बजे बस्दै छ ।
तर हिजो संसद बैठक अवरुद्ध गरेका नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरुले आज पनि बैठक अघि बढ्न नदिने बताएका छन् । उनीहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग राखेका छन् ।
प्रतिनिधिसभाको हिजोको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै विपक्षीहरुले अवरोध पुर्याएपछि सभामुखले बैठक स्थगित गर्नुभएको थियो ।
यता प्रधानमन्त्री ओलीले कुलमानको बर्खास्ती नियमित प्रशासनिक प्रक्रिया भएको बताउनुभएको छ ।
टिप्पणीहरू