रामनवमीमा रथयात्रा निकालिने

रामनवमीको अवसर पारेर वीरगञ्जमा रथयात्रा निकालिने भएको छ ।
वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरी नजिक अवस्थित राम जानकी मन्दिरबाट रथयात्रा निकालिने छ । चैत २४ गते बिहान ७ बजेदेखि रथयात्रा शुरु हुने महानगरले जनाएको छ ।
महानगरले सूचना जारी गर्दै सम्पूर्ण श्रद्धालुलाई रथयात्रामा सहभागी हुन आह्वान गरेको छ ।
‘हिन्दूहरुको महान् पर्व राम नवमी यही मिति २०८१–१२–२४ गतेका दिन पर्न गएको हुँदा सो अवसरमा भगवान श्री रामको नाममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा पोखरी नजिक रहेको राम जानकी मन्दिरलगायत वीरगञ्ज महानगर क्षेत्रभित्रका विभिन्न स्थानबाट निकालिने रथयात्राहरु पनि राम जानकी मन्दिरबाट नै निकालिने हुँदा उक्त रथयात्रामा सहभागी हुन...’,सूचनामा उल्लेख छ ।
सरकारले यसवर्ष राम नवमीको दिन सार्वजनिक बिदा दिँदैछ । गत चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
टिप्पणीहरू