प्रधानमन्त्री चित्र कोर्न पनि उत्तिकै खप्पिस

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाउनु भएको छ । आठौँ अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उदघाटनपछि उहाँले क्यानभासमा महिला उद्यमीको चित्र कोर्नु भएको हो ।
सो क्रममा उहाँले आगामी वर्ष हुने मेलाको लागि अग्रिम शुभकामनासमेत दिनुभएको छ । भने, उहाँले कोरेको चित्रको धेरैले प्रशंसा गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका ओलीले त्यसअघि भने औपचारिक रुपमा मन्तव्य राख्दै समाजवादी मोर्चा र राजावादीहरुलाई कटाक्ष गर्नुभएको थियो । मोर्चा र राजावादी समूहले भोलि (शुक्रबार) छुट्टाछुट्टै आयोजना गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै भन्नुभएको थियो, ‘भोलि केही हुँदैछ भनेर भ्रम फैलाइएको छ, के के न हुन्छ भनेर त्रास फैलाइएको छ । भृकुटीमण्डपमा एउटा सभा हुन्छ, अर्को कोटेश्वरमा हुन्छ, यति नै हो भोलि हुने। १०÷१५ हजारको भीड सधैँ लागेकै छ नि !’
प्रधानमन्त्री ओली मेलामा सहभागी हुनुअघि नयाँ बानेश्वरको एभरेष्ट होटलमा आयोजित ‘संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार’सम्बन्धी राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएको थियो ।
टिप्पणीहरू