कमाण्डर बन्नुअघि निर्मल निवासमा 'दर्शन भेट'

कमाण्डर बन्नुअघि निर्मल निवासमा 'दर्शन भेट' फाइल फोटो

आफूलाई व्यवस्था विरोधी अभियन्ता भनाउँदै आएका र आजमात्र राजावादी आन्दोलनको कमाण्डर बनेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले  पूर्वराजा ज्ञानेन्द्र शाहको 'दर्शन भेट' पाएका छन् । 

आज दिउँसो निर्मल निवास पुगेर उनले ज्ञानेन्द्रसँग भेट गरेको बताइएको छ । सो भेटबारे औपचारिक जानकारी नगराइएको भएता पनि भोलिको प्रदर्शनबारे छलफल भएको हुनसक्ने अनुमान गरिएको छ । 

ज्ञानेन्द्र-प्रसाईं भेटलगत्तै नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई आन्दोलनको 'जनकमाण्डर' बनाउने निर्णय गरेको छ । राजेन्द्र लिङ्गदेन, कमल थापाजस्ता खाँटी राजावादीलाई पछि पार्दै पूर्वराजाको मन जितेका ८६ वर्षे सुवेदीले उक्त जिम्मेवारी सुम्पिएपछि अब भोलि काठमाडौँमा हुने आन्दोलन प्रसाईंले हाँक्ने छन् ।

टिप्पणीहरू