नचाहिँदो कुरामा विपक्षीहरुको अत्तो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले नचाहिँदो कुुरामा अत्तो थापेको आरोप लगाउनुभएको छ । महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उहाँले त्यस्ता कुरामा सदन अवरुद्ध गरिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले एक जना कर्मचारी हेरफेरको सवाललाई लिएर माओवादीलगायत विपक्षी दलहरुले सदन अवरुद्ध गरिएकोमा चर्को रोष प्रकट गर्नुभएको छ । चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्नुपर्ने अवस्था एकातिर रहेको उल्लेख गर्दै विपक्षीहरुको योजना अर्के रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आन्दोलनका नाममा आतंक सृजना गर्न खोजिएको छ । भोलि हुने भनिएको आन्दोलनलाई तिलको पहाड बनाइएको छ ।’ ललितपुरको सानेपामा आयोजित मेला सोमबारसम्म हुँदै छ । महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरु प्रर्दशनीमा राखिएको छ ।
टिप्पणीहरू